April 30, 2026

Online Shop Review

Online Shop and Product Review

स्वासप्रश्वासका विरामीको संख्या पाँच बर्षमा दोब्बर – HEALTH NEWS

1 min read

काठमाडौं उपत्यकामा प्रदुषण बढ्दो छ । उपत्यकामा बढ्दो प्रदुषणले मानिसको फोक्सो कमजोर बनाएको चिकित्सकहरुले निष्कर्ष निकालेका छन् । श्वासप्रश्वासजन्य रोगको संक्रमण पनि बढ्दै गएको छ । तथ्यांकअनुसार प्रदुषणका कारण हुने श्वासप्रश्वासजन्य बिरामीको संख्या पाँच वर्षमा झन्डै दोब्बर भएको छ ।
रक्तचाप मापन गर्ने, ज्वरो मापन गर्ने प्रविधि त सामान्य नै हो । तर, फोक्सोको अवस्थाबारे जानकारी लिन सकिने प्रविधिका बारेमा धेरैलाई जानकारी नहुन सक्छ । अब आफ्नो फोक्सो स्वस्थ भए नभएको घरमै बसेर मापन गर्न सकिन्छ ।

प्रदुषण र धुम्रपानले नेपालीको फोक्सो कमजोर हुँदै गएको देखिन्छ । नेपालमा भर्खरै भित्रिएको पिक्फ्लोमिटर मार्फत फोक्सोको क्षमता घर मै जाँच्न सकिन्छ । उमेर र हाइटको आधारमा फोक्सोको क्षमता व्यक्ति पिच्छे फरक हुन्छ ४ सय ५० रुपैयाँ पर्ने यो मेसिनबाट दम रोगीले पनि आफ्नो स्वास्थ्यमा आएको सुधार मापन गर्न सक्छन् ।
त्रिवि शिक्षण अस्पतालमा आकस्मिक कक्षबाट भर्ना हुने विरामीमध्ये ४० देखि ५० प्रतिशत बिरामी सिओपीडी अर्थात क्रोनिक अब्सट्रक्टीभ पल्मोनरी डिजिज दीर्घ दम खोकीका छन् ।
स्वासप्रश्वास विरामीको अवस्थाः
आर्थिक वर्ष २०६९÷७० – १९ हजार ८ सय ४४,
आर्थिक वर्ष २०७०÷०७१– १९ हजार ४ सय १,
आर्थिक वर्ष २०७१÷७२ – २४ हजार ९ सय २४
आर्थिक वर्ष २०७२÷७३ – २८ हजार २ सय ९१
आर्थिक वर्ष २०७३÷७४ –३५ हजार १ सय १८
कतिपय रिपोर्टिङ प्रक्रियामा नआएका क्लिनिक रेकर्ड नआइपुग्ने हुनाले बिरामीको संख्या अझै बढी हुन सक्ने अनुमान स्वास्थ्य मन्त्रालयको छ । श्वासप्रश्वास जन्य रोगबाट बच्न धूमपान नगर्ने, धुवाँ धुलो बाट बच्न मास्कको प्रयोग गर्ने, घर वरिपरि रुख बिरुवा रोप्ने हरियाली कायम गर्ने गर्नुपर्छ । संसारभरको तथ्यांक केलाउदा सीओपीडी ज्यानलिने प्रमुख रोगमध्येको छैटौ नम्बरमा पर्दछ । तर विश्व स्वास्थ्य संगठनले अहिलेको अवस्थामा व्यापक सुधार गर्न सकिएन भने सन् २०२० सम्ममा यो ज्यान लिने प्रमुख रोगहरुको तेस्रो नम्बरमा आउन सक्छ भनेर चेतावनी दिएको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Leave a Reply

Your email address will not be published.